रजनी थापा अन्तर्राष्ट्रिय जेसीजकी २०२६ की उपाध्यक्षमा निर्वाचित,१५ वर्षपछि नेपालको प्रतिनिधित्व – Sagarmathapana:: Online News Portal

रजनी थापा अन्तर्राष्ट्रिय जेसीजकी २०२६ की उपाध्यक्षमा निर्वाचित,१५ वर्षपछि नेपालको प्रतिनिधित्व

   २०८२ कार्तिक २२ गते  

काठमाडौँ-नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष सिनेटर रजनी थापा अन्तर्राष्ट्रिय जेसीज (Junior Chamber International-JCI) की २०२६ का लागि उपाध्यक्षमा निर्वाचित भएकी छन्।उनको यो निर्वाचनसँगै करिब १५ वर्षपछि नेपालबाट पुनः विश्वस्तरमा प्रतिनिधित्व भएको छ।

थापाले विश्व जेसीजको उपाध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै भनिन्,धैर्य, निरन्तरता र लक्ष्यप्रति प्रतिबद्धताले सफलता सम्भव हुन्छ। यो केवल मेरो व्यक्तिगत उपलब्धि होइन, नेपाल जेसीज र सम्पूर्ण नेपाली जेसी परिवारको गर्वको क्षण हो।

उनले आफ्ना समर्थक,सहकर्मी र जेसी नेपालका पूर्वअध्यक्षहरूप्रति धन्यवाद ज्ञापन गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालका युवा र नेतृत्व क्षमताको पहिचान बढाउने प्रतिबद्धता जनाइन्।

अघिल्लो पटक नेपालबाट यो पदमा प्रतिनिधित्व करिब १५ वर्षअघि भएको थियो।थापाको चयनसँगै नेपालले पुनःविश्व जेसीज नेतृत्व तहमा आफ्नो स्थान सुनिश्चित गरेको छ।

नेपाल जेसीजका पदाधिकारीहरूले थापालाई बधाई दिँदै उनको कार्यकालले नेपालका युवाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ सशक्त रूपमा प्रस्तुत गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

अन्तर्राष्ट्रिय जेसीज (JCI) विश्वभरका युवाहरूको नेतृत्व, उद्यमशीलता र सामाजिक जिम्मेवारी विकासका लागि क्रियाशील संस्था हो, जसको सदस्यता १०० भन्दा बढी देशमा फैलिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै