बुङ्गालुङ rock garden(ढुङ्गे बगैचा)पार्क सरसफाइ अभियान सम्पन्न
खोटाङ-हलेसी तुवाचुङ नगरपालिका अन्तर्गत रहेको चर्चित पर्यटकीय स्थल बुङ्गालुङ (ढुङ्गे बगैचा) पार्क मा २०८२ साल कार्तिक १२ गते सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।
नगरपालिकाका मेयर विमला राई तिलुङ ले सामाजिक सञ्जालमार्फत सबैलाई सार्वजनिक सम्पत्तिको संरक्षण र सदुपयोग गर्न अनुरोध गर्दै सफाइ अभियानमा सहभागी हुन आग्रह गरेकी छन्।


उनले पर्यटकहरूले पार्कको सौन्दर्य र वातावरणीय सन्तुलन जोगाउन जथाभावी फोहोर फ्याँक्न नहुनेमा जोड दिँदै भनेकी छन् “सफा नगर्नेले फोहर पनि नगरौं। सार्वजनिक सम्पत्तिको सबैले हिफाजत र उपयोग गरौं।”
पार्कमा आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड बढ्दै गएपछि डस्टबिनहरूको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ। पार्क सफा राख्ने उद्देश्यले सरसफाइ अभियान सञ्चालन गरिएको हो।
नगरपालिकाले सबै पर्यटक र स्थानीयवासीलाई सकेसम्म फोहोर नफ्याँक्न, आवश्यक परेमा डस्टबिनमा मात्रै फोहोर राख्न आग्रह गरेको छ।















