अमेरिकी दूतावासका पब्लिक अफेयर्स प्रमुख माइक हार्कर सहितको टोलीले लोबुचे ईस्ट शिखर आरोहण सफल
काठमाडौं।अमेरिकी दूतावासका पब्लिक अफेयर्स प्रमुख माइक हार्कर नेतृत्वको पाँच सदस्यीय टोलीले अक्टोबर २५ बिहान सफलता पूर्वक लोबुचे ईस्ट हिमाल (६,११९ मिटर) को शिखरमा पुग्न सफल भएको छ।
सेभेन समिट ट्रेक्स (SST) का एक्सपेडिसन डाइरेक्टर छाङ दावा शेर्पाका अनुसार हार्करले SST का निर्देशक तथा एभरेस्ट आरोही पासाङ फुर्बा शेर्पा र हेली एभरेस्टका क्याप्टेन पास्तेन्जी शेर्पासँगै बिहान करिब ५:१५ बजे (नेपाली समय) शिखर पुगेका हुन्।

छाङ दावा शेर्पाले भने, “यो आरोहण माइक हार्कर र क्याप्टेन पास्तेन्जी दुवैका लागि ६,००० मिटरभन्दा माथिको पहिलो सफल आरोहण हो।”
टोलीलाई सेभेन समिट ट्रेक्स प्रा. लि. का अनुभवी पर्वतारोही डेन्डी शेर्पा र दावा शेर्पाले मार्गदर्शन गरेका थिए।
लोबुचे ईस्ट हिमाल खुम्बु क्षेत्रको लोकप्रिय ट्रेकिङ पीक मध्ये एक हो, जहाँबाट एभरेस्ट, ल्होत्से र नुप्त्से जस्ता विश्वप्रसिद्ध हिमालहरूको मनोरम दृश्य देख्न सकिन्छ।












