बुढानीलकण्ठ नगरपालिकाको खेलकुद बोर्डद्वारा विशेष चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न – Sagarmathapana:: Online News Portal

बुढानीलकण्ठ नगरपालिकाको खेलकुद बोर्डद्वारा विशेष चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न

   २०८२ कार्तिक १ गते  

काठमाडौं,सगरमाथापाना।बुढानीलकण्ठ नगरपालिकाको खेलकुद बोर्ड,काठमाडौंले आयोजना गरेको विशेष चियापान तथा भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। दशैं, तिहार, नेपाल संवत्, छठ र ल्होसार २०८२ का अवसरमा शुभकामना आदान–प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा खेलकुद बोर्डका पदाधिकारी, उद्योग व्यवसायी, सामाजिक व्यक्तित्व, सञ्चारकर्मी र नगरवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो।


कार्यक्रमको विशेष आकर्षणका रूपमा “इन्डियाज गट ट्यालेन्ट” मा सेमिफाइनलसम्म पुगेको बुढानीलकण्ठ नगरपालिका–१० को ते’क्वान्दो टिमले उत्कृष्ट प्रदर्शन (demonstration) प्रस्तुत गरेको थियो। टिमको प्रस्तुतीले उपस्थित सबैलाई मोहित बनाएको थियो।

कार्यक्रममा नगरपालिकाका प्रमुख, वडा अध्यक्षहरू तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिती रहेको थियो।


वडा नं. ८ का अध्यक्ष सुमन तामाङले कार्यक्रममा शुभकामना मन्तव्य दिँदै सम्पूर्ण नगरवासी तथा नेपालीहरूलाई पर्वहरूको शुभकामना व्यक्त गर्नुभयो। उहाँले खेलकुद क्षेत्रको उज्ज्वल भविष्यका लागि प्रत्येक अभिभावकले आफ्ना बच्चाहरूलाई खेलकुदमा सहभागी गराउन प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमले खेलप्रेमी, खेलाडी, व्यवसायी तथा नगरवासीबीच आपसी सद्भाव, सहकार्य र संस्कृतिप्रतिको सम्मान झल्काएको देखिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै