नागढुंगा सुरुङमार्ग: जापानी कम्पनीले माग्यो तीन अर्ब क्षतिपूर्ति – Sagarmathapana:: Online News Portal

नागढुंगा सुरुङमार्ग: जापानी कम्पनीले माग्यो तीन अर्ब क्षतिपूर्ति

   २०८२ आश्विन २२ गते  

काठमाडौं-नागढुंगा सुरुङमार्ग निर्माण गरिरहेको जापानी कम्पनी हाजामा अन्दो जेभी (Hazama Ando JV) ले नेपाल सरकारसँग करिब तीन अर्ब रुपैयाँ क्षतिपूर्ति दाबी गरेको छ।

कम्पनीले दाबी अनुसार सुरुङ खन्ने क्रममा डिजाइनभन्दा बढी काम गर्नुपरेको, स्थानीयको अवरोधका कारण पटक–पटक निर्माण रोकिएको, र डलरको विनिमय दर बढ्दा लागत वृद्धि भएको कारण क्षतिपूर्ति माग गरेको हो।

नेपाल सरकार र कम्पनीबीच सन् २०१९ मा सम्झौता भएर निर्माण कार्य सुरु भएको थियो। परियोजना अन्तर्गत २.६८ किलोमिटर लामो सुरुङमार्ग र २.६ किलोमिटर पहुँच सडक निर्माण भइरहेको छ।

स्रोतका अनुसार, जापानी कम्पनीले पठाएको क्षतिपूर्तिसम्बन्धी पत्र अहिले सडक विभागको कानुनी र प्राविधिक अध्ययन प्रक्रियामा छ। विभागले कम्पनीको दाबी उपयुक्त छ कि छैन भन्ने विषयमा छानबिन थालेको बताइएको छ।

नागढुंगा सुरुङमार्ग परियोजना जापान सरकारको सहुलियत ऋण सहयोगमा निर्माण भइरहेको हो। परियोजना सम्पन्न भएपछि काठमाडौं प्रवेश र प्रस्थान गर्ने यातायात सहज हुने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै