काठमाडौंमा ध्वनी प्रदूषणविरुद्ध कडा नियम : फोनमा ठूलो स्वरमा कुरा गर्दा पनि ३ लाखसम्म जरिवाना
काठमाडौं-काठमाडौंमा अब फोनमा ठूलो स्वरमा कुरा गर्ने, बिहानै प्रेशर कुकरको सिठी बजाउने, वा शौचालयमा फ्लश गर्दा ठूलो आवाज गर्ने जस्ता सामान्य देखिने तर ध्वनी प्रदूषण बढाउने गतिविधिमा समेत कारबाही हुने भएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ‘ध्वनी, धुवाँ र फोहर प्रदूषणमुक्त छिमेकी अभियान’ अन्तर्गत यस्तो अपिल गरेको हो।
प्रहरीका अनुसार राति अबेर ठूलो स्वरमा बोल्ने, धार्मिक वा सामाजिक कार्यक्रममा ध्वनी प्रदूषण मच्चाउने, बिहानको शान्ति भंग गर्ने, वा घरेलु क्रियाकलापमै असावधानी देखाउने जो कोहीलाई सम्बन्धित निकायले नियन्त्रण गर्न सक्नेछ।
उल्लंघन गर्ने व्यक्ति वा संस्थामाथि ३ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ।













