नबिल बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्स अवार्ड्स २०२५ सम्मान – Sagarmathapana:: Online News Portal

नबिल बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्स अवार्ड्स २०२५ सम्मान

   २०८२ श्रावण २५ गते  

काठमाडौं-नबिल बैंकले एशियन बैंकिङ एण्ड फाइनान्स अवार्ड्स २०२५ मा ‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल’ र ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’ गरी दुई सम्मान हासिल गरेको छ।

बैंकका अनुसार, डिजिटल सुरक्षालाई उच्च प्राथमिकता दिँदै सुरक्षित, भरपर्दो र सहज बैंकिङ अनुभव प्रदान गर्न अपनाइएका अत्याधुनिक प्रविधि र रणनीतिक कदमका कारण साइबर सेक्युरिटी इनोभेसन अवार्ड प्राप्त भएको हो। यस्तै, मुलुकका प्रमुख पूर्वाधार तथा विकास आयोजनामा वित्तीय साझेदारी गर्दै आएको योगदानका लागि ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’ अवार्ड प्रदान गरिएको हो।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले, “यी अवार्डहरू हाम्रो सम्पूर्ण टिमको निरन्तर परिश्रम र नवप्रवर्तनप्रतिको समर्पणको प्रतिफल हुन्,” भन्दै ग्राहक, साझेदार र सरोकारवालाप्रति आभार व्यक्त गरे। उनले स्मार्ट र सुरक्षित बैंकिङमार्फत नेपाली बैंकिङलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता पनि जनाए।

विगत चार दशकदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको नबिल बैंकले हाल २५ लाखभन्दा बढी ग्राहकलाई २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै