भारतका उपराष्ट्रपति जगदीप धनखरले राजीनामा दिए, स्वास्थ्य कारण देखाउँदै पदबाट अलग – Sagarmathapana:: Online News Portal

भारतका उपराष्ट्रपति जगदीप धनखरले राजीनामा दिए, स्वास्थ्य कारण देखाउँदै पदबाट अलग

   २०८२ श्रावण ६ गते  

काठमाडौं।भारतका उपराष्ट्रपति जगदीप धनखरले सोमबार आकस्मिक रूपमा आफ्नो पदबाट राजीनामा दिएका छन्। स्वास्थ्य अवस्थालाई कारण देखाउँदै उनले राष्ट्रपति द्रौपदी मुर्मुलाई समर्पित पत्रमार्फत संविधानको धारा ६७ (क) अन्तर्गत राजीनामा घोषणा गरेका हुन्।

धनखरले लेखेका छन्, “स्वास्थ्यलाई प्राथमिकता दिँदै र चिकित्सा सल्लाहको पालना गर्दै म तत्काल लागू हुने गरी भारतको उपराष्ट्रपति पदबाट राजीनामा दिइरहेको छु।” उनले आफ्नो राजीनामापत्र सामाजिक सञ्जालमार्फत समेत सार्वजनिक गरेका छन्।

राष्ट्रपतिलाई लेखिएको पत्रमा उनले प्रधानमन्त्री नरेन्द्र मोदी, मन्त्रिपरिषद् र संसद् सदस्यहरूप्रति आभार व्यक्त गर्दै भनेका छन्, “संसद्का सबै माननीय सदस्यहरूबाट मैले पाएको स्नेह, विश्वास र सम्मान मेरो जीवनभर मेरो हृदयमा रहनेछ।”

धनखरको राजीनामा timing विशेष ध्यान खिच्ने खालको रहेको भारतीय विश्लेषकहरू बताउँछन्। हालै आरएसएस प्रमुख मोहन भागवतले सार्वजनिक रूपमा ७५ वर्ष पुगेपछि आरएसएस कार्यकर्ताले अवकाश लिनुपर्ने धारणा राखेका थिए। धनखर यही मे महिनामा ७५ वर्ष पुगेका थिए।

विश्लेषकहरूका अनुसार उपराष्ट्रपतिका रूपमा धनखरको राजीनामाले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पनि परोक्ष रूपमा उमेरसँग जोडिएको दबाब सिर्जना गर्ने सम्भावना देखिएको छ। आगामी राजनीतिक सन्दर्भमा यो निर्णय महत्वपूर्ण मोड सावित हुन सक्ने अनुमान गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै