बीपी राजमार्गमा १५ दिनका लागि साँझ ६ः३० बजेदेखि विहान ५ बजेसम्म यात्रुवाहक सवारी चलाउन रोक – Sagarmathapana:: Online News Portal

बीपी राजमार्गमा १५ दिनका लागि साँझ ६ः३० बजेदेखि विहान ५ बजेसम्म यात्रुवाहक सवारी चलाउन रोक

   २०८२ असार ७ गते  

काठमाडौं–बाढि/पहिरोको जोखिम बढेको भन्दै बीपी राजमार्गमा १५ दिनसम्मका लागि साँझ ६ः३० बजेदेखि विहान ५ बजेसम्म यात्रुवाहक सवारी चलाउन रोक लगाईएको छ । काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले यस्तो निर्णय लिएको हो ।

मनसुन सुरु भएसँगै बाढिपहिरोको जोखिम बढेको भन्दै सुरक्षा समन्वय समितिको बैठकले यस्तो निर्णय लिएको हो गतवर्षको बाढिले बीपी राजमार्गको भकुण्डेबेसीदेखि मंगलटारसम्म परेको असर अझै कायम छ । रातिको समयमा यात्रुवाहक सवारी चलाउँदा दुर्घटना हुने जोखिम रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै