मुकुम्लुङमा व्यापक वृक्षरोपण कार्यक्रम सम्पन्न,निकम्मा सरकारको मुकुम्लुङमा अघोषित सिभिल वार – डा. महेन्द्र लावती
ताप्लेजुङ।चन्द्र ढकाल संलग्न रहेको कम्पनीले मुक्लुङमा केबुलकार बनाउने भन्दै राष्ट्रिय फुल लाली गुराँसको रुख फडानी गरेको क्षेत्रमा व्यापक वृक्षरोपण गरिएको छ ।
नो केबुलकार संघर्ष समितिको आयोजनामा जेष्ठ ३१ र असार १ गते मुकुम्लुङ परिसरमा व्यापक वृक्षरोपण गरिएको हो । गत साल यहि समयमा पहिलोपटक वृक्षरोपण गरेको यस्लाई निरन्तरता दिएर दोस्रोपटक वृक्षरोपण कार्यक्रम गरेको कुरा संघर्ष समितिका संयोजक श्री लिङ्खिमले जानकारी दिए । उनले यसपटक दस हजार बिरुवा रोपेको दाबी गरे ।

वृक्षरोपण कार्यक्रमलाई संयुक्त पहिचानवादी मोर्चाका संयोजक महेन्द्र लावती,किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष प्रेम येक्तेन लगायतका संघर्ष समितिका घटकका अगुवाले संयुक्त रुपमा बिरुवा रोपेर उद्घाटन गरेका थिए ।
डा. महेन्द्र लावतीले अहिले मुकुम्लुङ क्षेत्रमा अघोषित रुपमा सिभिल वार रहेको बताए । नेपाली जनताको करबाट जागिर खाएर नेपाली जनतालाई नै सुरक्षाकर्मिबाट दुख दिने गरेको बताए । माओवादी द्वन्द कालको झल्को दिने गरिको सुरक्षा जाँचले अघोषित गृहयुद्ध (सिभिल वार ) भएको भन्दै यस्लाई मिडिया मार्फत भन्डाफोर गर्नुपर्ने बताए । लावतिले आफै वृक्षरोपण गर्नुपर्नेमा स्थानीयले रोपेको बिरुवा उखेलेर फालेको आरोप लगाए । उनले मुकुम्लुङमा केबुलकार बनाउनु भनेको धेरै जना लेक लाएर ज्यान गुमाउन दिनु भएको दाबी गरे । तलबाट एकैपटक ३ हजार मिटर माथी भक्तजन पुग्दा हाई अल्टिच्युट अनि हाकापानी घुलमिल नहुँदा ज्यानजाने सम्भावना रहेको बताए । उनले चिकित्सकले यो कुरा भन्दै आएको बताउदै नाफाको लागि ब्यापार गर्ने चन्द्र ढकाल कम्पनिको त्यसतर्फ सचेत नभएको आरोप लगाए ।
किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष प्रेम येक्तेनले मुकुम्लुङमा कुनै हालतमा केबुलकार ननाउन नदिने बताए । सुरक्षाकर्मिको घेरामा बनाए पनि त्यो परियोजना दिगो नहुने बताए ।
संघर्ष समितिका संयोजक श्री लिङ्खिमले मुलुम्लुङ क्षेत्रमा कुनै हालतमा केबुलकार बन्न नदिने बताए । केबुलकारको नाममा हजारौं राष्ट्रिय फुल लालिगुराँस र मुन्धुमी रुखहरु फडानी गरेको बताए । गत साल असार भरी नै वृक्षरोपण गरेको भन्दै यसपटक जेठ ३१ र असार १ गते वृक्षरोपण कार्यक्रम गरेको बताए ।
मुकुम्लुङमा वृक्षरोपण गर्न भन्दै झापा,मोरङ,सुनसरी,इलाम,पान्थर लगायतका जिल्लाबाट उपस्तिथि सहभागी थिए ।












