२२ अर्ब अघिल्ला सरकारले नतिरेका हाम्रो सरकार आएपछि तिरिदियौं: अर्थमन्त्री – Sagarmathapana:: Online News Portal

२२ अर्ब अघिल्ला सरकारले नतिरेका हाम्रो सरकार आएपछि तिरिदियौं: अर्थमन्त्री

   २०८१ माघ २५ गते  

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विगतका सरकारले सिर्जना गरेको दायित्वको स्रोत व्यवस्थापन गरेको बताएका छन् ।

गत आर्थिक वर्षसम्म स्रोत व्यवस्थापन नभई सिर्जना भएको २८ अर्ब ५१ करोड ९० लाख रूपैयाँ दायित्व सिर्जना भएको उनले बताए । जसमध्ये २२ अर्ब २२ करोड ८९ लाख रुपैयाँको स्रोत व्यवस्थापन भएको उनले दाबी गरे ।

बिहीबार संघिय संसदको प्रतिनीधिसभामा बजेटको मध्यावधिक मूल्यांकन प्रतिवेदन प्रस्तुत गर्दै बाँकी रकमको पनि स्रोत व्यवस्थापन गर्दै दायित्व भुक्तानीमा सहजीकरण गर्ने बताए ।

‘गत आर्थिक वर्षसम्मको सिर्जित दायित्व २८ अर्ब ५१ करोड ९० लाख भुक्तानी दिन बाँकी रहेकोमा २२ अर्ब २२ करोड ८९ लाख भुक्तानीका लागि स्रोत व्यवस्थापन गरिएको छ। बाँकी रकमको पनि स्रोत व्यवस्थापन गरी दायित्व भुक्तानी गर्न सहजीकरण गरिएको छ,’ अर्थमन्त्री पौडेलले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै