नेवा पु:च, UAE का महासचिव कुमार बलामी द्वारा सुरेशकिरण मानन्धर प्रति श्रद्धाञ्जली
काठमाडौं।नेवा पु:च, UAE का महासचिव कुमार बलामीले नेपालभाषा पत्रकारिताका अग्रज व्यक्तित्व सुरेशकिरण मानन्धरको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
महासचिव बलामीले एक शोक वक्तव्य जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् भने शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। उनले नेपालभाषा भाषा, साहित्य र पत्रकारिताको प्रवर्द्धनमा मानन्धरले पुर्याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गरेका छन्।
बलामीले नेपालभाषा पत्रकारिताको विकास र मातृभाषाको संरक्षणका लागि मानन्धरले गरेको समर्पण सधैं स्मरणीय रहने बताएका छन्। उनले यस्तो अग्रज व्यक्तित्वको निधनले नेपालभाषा पत्रकारिता क्षेत्रलाई ठूलो क्षति पुगेको पनि बताएका छन्।
नेपालभाषामा प्रकाशित हुने पत्रिका Nepal Bhasa Times का संस्थापक तथा प्रमुख सम्पादकका रूपमा चिनिएका मानन्धर नेपालभाषा पत्रकारिता र साहित्यिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका थिए।
उनको निधनपछि विभिन्न संघसंस्था, पत्रकार तथा भाषा अभियन्ताहरूले पनि श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानको स्मरण गरेका छन्।













