एमाले केन्द्रीय सदस्य महर भन्छनः मविरूद्ध पक्राउ पुर्जी जारी भएको छैन – Sagarmathapana:: Online News Portal

एमाले केन्द्रीय सदस्य महर भन्छनः मविरूद्ध पक्राउ पुर्जी जारी भएको छैन

   २०८१ माघ १० गते  

काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महरले आफ्नाविरूद्ध पक्राउ पुर्जी जारी भएको भन्ने समाचारको खण्डन गर्नुभएको छ ।

भर्खरै सामाजिक सञ्जाल मार्फत महरले आफ्नाविरूद्धका तीन रिट मध्ये दुई खारेज भएको र एउटामा पक्रिया मिलाएर निर्णय गर्न जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला सरकारी वकिलको कार्यालया काठमाडौँलाई आदेश दिएको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘केहि अनलाईन मेडियामा मेरा बिरुद्ध उच्च अदालत पाटनद्धारा पक्राउ पुर्जि जारी भनेर भ्रामक समाचार सम्प्रेषण भएका रहेछन ! पहिलो कुरा कानुन बमोजिम पक्राउ पुर्जि जारी गर्ने उच्च अदालतको अधिकारक्षेत्र भित्र पर्दैन र कहिल्यै पनि उच्च अदालतले पक्राउ पुर्जि जारी गर्दैन त्यो अधिकार जिल्ला अदालतको हो ।

दोस्रो कुरा आज उच्च अदालत पाटनमा जिल्ला सरकारि वकिलको कार्यालय काठमाडौं , जिल्ला प्रहरि परिसर काठमाडौं र मलाई समेत बिपक्षि बनाएर दर्ता गरिएका तिन ओटा रिट मध्ये दुई ओटा खारेज भएका छन भने एउटाका सन्दर्भमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र जिल्ला प्रहरि परिसर काठमाडौं ले मेरा बिरुद्धको जाहेरि तामेलिमा राख्ने निर्णय प्रकृयागत त्रुटी देखिन आएकोले प्रकृया पुर्याएर निर्णय गर्नु भनेको छ । भएको यत्ति हो । यसलाई बङ्ग्याएर आफु अनुकुलको समाचार सम्प्रेषण गरेकोमा घोर आपत्ति प्रकट गर्दछु र कोहि पनि भ्रममा नपर्न सम्पुर्ण शुभचिन्तक आफन्त र सहयोगि साथिभाई हरुलाई हार्दिक अपिल गर्दछु । यस बिचमा मलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक आभार ब्यक्त गर्दछु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै