मेनु
Uncategorized

चलचित्र ‘पिताम्बर’ को टिजर सार्वजनिक

काठमाडौँ। कृषा चौलागाईंको निर्देशनमा बनेको फिल्म ‘पिताम्बर’ को टिजर सार्वजनिक गरिएको छ।

नयाँ बर्षको अवसर पारेर चैत्र २९ गतेबाट प्रदर्शनमा आउने चलचित्रको आज एक कार्यक्रमका बीच टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरमा चलचित्रका सबै प्रमुख कलाकार फिचर्ड छन्। टिजरमा अभिनेता दयाह्याङ राई, सौगात मल्ल,प्रदीप खड्का,सुरक्षा पन्त, दिव्या रायमाझी,सुपुस्पा भट्ट,अनुपविक्रम शाही लगायतको लुक्स गजब देखिएको छ।

चौलागाईंको यो दोस्रो निर्देशन हो। यसअघि कृषाले फिल्म ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन्। फिल्म निर्माताको छवि बनाएकी कृषा ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलाँस’की निर्माता हुन्।

एक्सन जनराको फिल्ममा दयाह्याङ राई, सौगात मल्ल,प्रदीप खड्का, सुरक्षा पन्त, अनुपविक्रम शाही, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया,दिव्या रायमाझी, दिव्य देव,रबिन्द्र झा लगायत कलाकारको अभिनय रहेको छ ।

पुरुषोत्तम प्रधानको छायांकन,प्रदीप भारद्धाजको लेखन रहेको फिल्म तराईका विभिन्न ठाउँहरुमा छायांकन गरिएको छ । केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्ससँग सहकार्यमा बनेको फिल्मको निर्माता विशाल चौलागाईं हुन्। फिल्मलाई आरआर फिल्म्सले वितरणको जिम्मा लिएको छ।