भीम रावल पार्टीबाट निष्कासन तर पार्टीले निर्णय सच्याउनुको विकल्प छैन: झपट रावल – Sagarmathapana:: Online News Portal

भीम रावल पार्टीबाट निष्कासन तर पार्टीले निर्णय सच्याउनुको विकल्प छैन: झपट रावल

   २०८१ पुष १३ गते  

काठमाडौं।एमालेका पूर्वउपाध्यक्ष भीम रावलले पार्टीबाट निष्कासन गर्ने केन्द्रीय सचिवालयको निर्णयविरुद्ध औपचारिक प्रतिवाद गर्ने तयारी गरेका छन्। दुई–तीन दिनभित्र पत्रकार सम्मेलन गरी उनले आफूमाथि लगाइएका आरोपको खण्डन र आगामी कदमबारे जानकारी दिने भएका छन्।

केन्द्रीय सदस्य झपट रावलले भीम रावलमाथिको कारबाहीलाई आन्तरिक लोकतन्त्रविरोधी र पार्टीको ठूलो क्षति हुने बताएका छन्। “पार्टीभित्र आन्तरिक लोकतन्त्रको वकालत गर्ने अध्यक्षले यस्तो अप्रिय निर्णय गर्दा सुदूरपश्चिम मात्र होइन, देशभर असर पर्नेछ,” उनले भने।

झपट रावलका अनुसार पार्टीले निर्णय सच्याउनुको विकल्प छैन। “रावललाई पार्टीबाट निकाल्दा विरोधीले कस्तो आरोप लगाउँछन् भनेर पनि सोच्नुपर्छ। भीम रावल पार्टी नछाड्ने पक्षमा हुनुहुन्थ्यो, तर पार्टीबाटै निकालिएकाले उहाँसँग अब सीमित विकल्प मात्र छन्,” उनले थपे।

भीम रावलको निष्कासनसँगै पार्टीभित्र आन्तरिक लोकतन्त्रको भविष्यमाथि प्रश्नचिन्ह खडा भएको छ। रावलले पत्रकार सम्मेलनमार्फत आफ्नो दृष्टिकोण स्पष्ट गर्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै