प्रधानमन्त्री ओली द्वारा आज दमकमा १८ तले भवन (भ्यू-टावर) को उद्धघाटन हुने – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्री ओली द्वारा आज दमकमा १८ तले भवन (भ्यू-टावर) को उद्धघाटन हुने

   २०८१ मंसिर २३ गते  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दमकमा १८ तले भवन (भ्यू-टावर) को उद्घाटन गर्ने भएका छन् ।

झापाको दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे उद्घाटन गर्न लागेका हुन् ।

दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् ।

प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए । तर, उक्त १८ तले भवनको नक्सा पास नरहेको बताइएको छ । आवश्यक कागजातको अभावमा नक्सा पास दिन नसकिएको बताइएको छ ।

अहिले बिहान गृह जिल्ला पुग्ने प्रधानमन्त्री ओलीले बिहान १० बजे बेलडाँगी खानेपानी उद्घाटन, ११ बजे गौरादह नगरपालिका अन्तर्गत महारानी झोडा (स्कुलचौन) मा जग्गाधनीपुर्जा बितरण र साढे १२ बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्दै बिर्तामोड फर्किने कार्यक्रम रहेको छ । उनले दिउँसो २ बजे बिर्तामोडस्थित सिटी सेन्टरमा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओलीले आजै मेचीनगर–४ बाहुनडाँगीस्थित मानव आश्रम भवनको पनि शिलान्यास तथा उद्घाटन गर्ने कार्यक्रम छ। आज दिउँसो १२ बजे मानबसेवा आश्रम भवनको शिलान्यास तथा उद्घाटन गर्ने कार्यक्रम तय भएको हो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै