इटहरीमा नेपाल जेसिजको ५१औं महाधिवेशन आयोजना हुने – Sagarmathapana:: Online News Portal

इटहरीमा नेपाल जेसिजको ५१औं महाधिवेशन आयोजना हुने

   २०८१ मंसिर ११ गते  

काठमाडौं। आगामी पुसको पहिलो साता सुनसरीको इटहरीमा नेपाल 
जेसिजको ५१औं महाधिवेशन आयोजना हुने भएको छ। महाधिवेशनको 
प्रचारप्रसारलाई प्रभावकारी बनाउन संचारकर्मीहरूसँग विशेष छलफल
 गरिएको छ।

पुस ६, ७ र ८ गते इटहरीस्थित जनता माध्यमिक विद्यालयको प्रांगणमा हुने महाधिवेशनका लागि तयारी समितिले संचारकर्मीहरूसँग छलफल गर्दै प्रचार अभियानलाई प्राथमिकता दिएको छ।

जेसिज भवनमा आयोजित छलफलका क्रममा महाधिवेशन आयोजक मूल समितिका निर्देशक दिपक ढकालले देशभरबाट ८ देखि १० हजार युवाको सहभागिताले इटहरी क्षेत्रको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने बताए।

महाधिवेशनमा सहभागी हुने युवाहरुलाई इटहरी र आसपासका पर्यटकीय क्षेत्रहरूको भ्रमण समेत गराउने योजना आयोजक समितिले बनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै