इन्टरपोललाई पत्र लेखी भ्लगर रतन कार्की नेपाल झिकाइने – Sagarmathapana:: Online News Portal

इन्टरपोललाई पत्र लेखी भ्लगर रतन कार्की नेपाल झिकाइने

   २०८१ कार्तिक २० गते  

भ्लगर रतन कार्की प्रहरीको उच्च निगरानीमा रहेका छन् । उनलाई नेपाल ल्याउन इन्टरपोललाई पत्र लेखी नेपाल झिकाइने भएको छ । २० वर्षीय कार्की विद्यार्थी भिसामा जापान गएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । साफ वुमन्स च्याम्पियनसिप अन्तर्गत कार्तिक १४ मा दशरथ रङ्गशालामा भएको फाइनल खेलमा प्रधानमन्त्री केपी ओली उपस्थित थिए । सोही समयमा जापानमा बस्ने भ्लगर रतनले प्रधानमन्त्रीको ‘ह*त्या गर्न सकिने’ अभिव्यक्ति दिएर सामाजिक सञ्जाल टिकटकमा एउटा भिडियो पोस्ट गरेका थिए । सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर उनले भनेका छन्, ‘तपाईंहरु फुटबल हेर्दै हुनुहुन्छ म अर्कै चिज हेर्दैछु, आज हामीले मा*र्न सकिन्छ । बाहिर एउटा ग्रुप बनाएर घेरेर बस्ने हो भने मार्न सकिन्छ, आज गरिएन भने हामी धेरै पछुताइन्छ ।’ उनको सो भनाइ प्रधानमन्त्रीप्रति लक्षित थियो । सोही आधारमा उनलाई पक्राउ गर्न लागेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै