नेफिन युएई र फोनिज युएईको संयुक्त आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न – Sagarmathapana:: Online News Portal

नेफिन युएई र फोनिज युएईको संयुक्त आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

   २०८१ कार्तिक ६ गते  

काठमाडौं – नेफिन युएई र फोनिज युएईको संयुक्त आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

मिति अक्टोबर २० तारिक २०२४ को दिन बरदुबई स्थित  सिल्भर स्पुन रेस्टुरेन्टको सभाहलमा आदिबासी जनजाती महासंघ युएई र आदिबासी जनजाती पत्रकार महासंघ युएईको संयुक्त आयोजनामा एकदिने समाचार लेखन , माइन्युट तथा कार्यक्रम संचालन सम्बन्धि  तालिम सम्पन्न भएको हो।

कार्यक्रम नेफिन महासचिब  डी के किराती ज्यु को स्वागत मन्तब्य बाट शुरु भएको थियो।

प्रशिक्षण कार्यक्रमको प्रमुख आतित्थ्य नेफिन युएईका संरक्षक श्री प्रमोद श्रेष्ठ ज्युले गर्नु भएको थियो भने कार्यक्रमको सभापतित्व नेफिन युएई अध्यक्ष् श्री बिक्रम लिम्बु मिसाम ज्युले गर्नु भएको थियो l

प्रसिक्षण कार्यक्रममा प्रशिक्षकको रुपमा  फोनिज युएईका अध्यक्ष् श्री फलेन्द्र बलम्पाकी मगर ज्यु साथै सचिब श्री सुर्य बहादुर खवास ज्युले तालिम प्रदान गर्दिनु भएको थियो l

प्रबास को ठाउमा रहेर पनि यसरी सिप मुलक, ग्यान मुलक तालिम प्रदान गर्ने अवसर प्रदान गर्दिनु भएकोमा तालिम लिनुहुने प्रशिक्षार्थी ले नेफिन युएई साथै फोनिज युएईलाइ हार्दिक धन्यबाद दिनुभयो र कार्यक्रम आउने दिनहरुमा पनी हुन जरुरी रहेको बताउनु भयो

 कार्यक्रमको संचालन नेफिन युएई प्रबक्ता मनिषा खामदाक इङ्गाशाले गर्नु भएको थियो।

  कार्यक्रममा फोनिज युएईका अध्यक्ष् , सचिब , नेफिन युएईका अध्यक्ष  लगायत नेफिन युएई मा आवद्ध सम्पूर्ण जातीय संस्थाको प्रतिनिधिहरु को उपस्थिति रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै