डीआईजी छविलाल जोशीलाई अदालतले २० दिनको म्यादथप गर्यो – Sagarmathapana:: Online News Portal

डीआईजी छविलाल जोशीलाई अदालतले २० दिनको म्यादथप गर्यो

   २०८१ कार्तिक २ गते  

काठमाडौं।गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीविरुद्ध कास्की जिल्ला अदालतले २० दिनको म्यादथप गरेको छ ।

सहकारी बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी)समेत रहेका जोशीलाई म्याद थप गरियेको हो।

गत असोज ६ गते पक्राउ परेका जोशीलाई कास्की प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । अदालतले १७ असोजदेखि लागू हुने गरी २० दिनको म्याद थप गरेको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।पोखराको सूर्यदर्शन सहकारीको बचत ठगीको अनुसन्धानका लागि जोशीलाई प्रहरीले ६ असोजमा काठमाडौंबाट पक्राउ गरेको थियो

दसैँ बिदाका कारण असोज १७ गतेपछि अदालत बन्द भएको थियो । जोशी भने प्रहरीको हिरासतमै छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै