लामो समय युट्युवको ग्लोबल ट्रेन्डिङमा फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’
काठमाडौं । सबैभन्दा लामो समय युट्युवको ग्लोबल ट्रेन्डिङमा फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ स्ट्रिमिङ हुने नेपाली गीत बनेको छ । असोज ६ गते विश्वब्यापी ट्रेन्डिङमा समावेश यो गीत अहिले सूचीको ५९ औं स्थानमा छ ।
कात्तिक ६ गते यो गीत युट्युवको ग्लोबल ट्रेन्डिङमा परेको एक महिना पुग्दैछ । युट्युवले हरेक साता ‘ग्लोबल टप म्युजिक भिडियो’को सूची अपडेट गर्छ, जसमा ‘रुकुम मैकोट’ माथि उक्लिएको हो । सुरुमा यो गीत ७३ औं स्थानमा थियो ।
यसअघि नेपाली गीत ‘कश्मिरे पछ्यौरी’ पनि झण्डै दुई साता ग्लोबल ट्रेन्डिङमा स्ट्रिमिङ भएको थियो ।












