विश्व बैंकले बाढीपहिरो पीडितका लागि २० अर्ब रुपैयाँ ऋण दिने – Sagarmathapana:: Online News Portal

विश्व बैंकले बाढीपहिरो पीडितका लागि २० अर्ब रुपैयाँ ऋण दिने

   २०८१ आश्विन २३ गते  

काठमाडौं- नेपाल सरकारलाई करिब २० अर्ब रुपैयाँ  बाढीपहिरो पीडितका लागि विश्व बैंकले ऋण सहयोग गर्ने भएको छ ।

सो ऋण स्वीकृति गर्नेे विश्व बैंकको सञ्चालक समितिले निर्णय गरेको हो । बाढी पहिरोले पुर्याएको क्षतिको पुनर्निर्माण, बस्ती व्यवस्थापन तथा पीडितको राहतका लागि तत्काल ठूलो रकम चाहिने भएकाले उल्लेखित रकम ऋण सहयोग प्रदान गर्ने निर्णय भएको विश्व बैंकको विज्ञप्तिमा उल्लेख छ ।

अन्तराष्ट्रिय समुदायको सामाजिक गतिविधिको कारणले मौसममा आएको प्रभाव, स्वास्थ्य तथाबाढी पहिरोलगायत प्राकृतिक प्रकोप, क्षेत्रमा आउने विपत्तिको सामाना गर्न विश्व बैंकले यस्तो ऋण दिँदै आएको छ । विश्व बैंकले स्वीकृत गरेको सो ऋण नेपालले आफूले चाहेको समयमा लिन सक्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै