काठमाडौं।सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, २०८३ मा सहभागी हुन जाने नेपाल एपीएफ क्लबको टोलीलाई बिदाइ गर्नुभएको छ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा कर्णाली प्रदेशका विभिन्न स्थानमा सञ्चालन हुने प्रतियोगितामा एपीएफ क्लबको प्रतिनिधित्व गर्दै सहभागी हुने खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई आईजीपी पौडेलले शुभकामनासहित बिदाइ गर्नुभएको हो।
बिदाइ कार्यक्रममा आईजीपी पौडेलले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल एपीएफ क्लबको गौरव र प्रतिष्ठा अभिवृद्धि गर्न खेलाडीहरूलाई शुभकामना व्यक्त गर्नुभयो।
उहाँले प्रतियोगितामा उच्च मनोबल, अनुशासन र खेल भावना प्रदर्शन गर्दै सफल नतिजा हासिल गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एपीएफ टोलीले विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्नेछ।







