मेनु
Flash News

टनेल २६’ टोलीसँग गृहमन्त्री गुरुङको भेट, विपद् कोषमा २५ प्रतिशत आम्दानी दिने घोषणा

काठमाडौं।नेपाल, भुटान र भारतको संयुक्त निर्माणमा तयार भएको चलचित्र ‘टनेल २६’ को ग्रस आम्दानीको २५ प्रतिशत प्रधानमन्त्री विपद् कोषमा प्रदान गरिने भएको छ।

असोज २३ गते नेपाल र भुटानमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रका निर्माता तथा मुख्य कलाकार सांगे छेल्ट्रिमले चलचित्रको आम्दानीको २५ प्रतिशत विपद् कोषमा सहयोग गर्ने घोषणा गरेका हुन्।


चलचित्रको निर्माण टोलीले गृहमन्त्री सुदन गुरुङसँग भेट गरी ‘टनेल २६’ का विषयवस्तु, निर्माण प्रक्रिया तथा प्रदर्शनको तयारीबारे जानकारी गराएको छ।

भेटका क्रममा गृहमन्त्री गुरुङले चलचित्र निर्माण टोलीलाई सफलताको शुभकामना दिँदै ‘टनेल २६’ ले नेपाल, भुटान र भारतबीचको सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई प्रतिनिधित्व गर्ने बताए।

निर्माण टोलीका अनुसार चलचित्रले तीन देशबीचको सम्बन्ध, भूगोल र सांस्कृतिक पक्षलाई कथामार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ। चलचित्र नेपाल र भुटानमा एकैदिन प्रदर्शनमा ल्याउने तयारी गरिएको छ।