कुवेत।खोटाङ–कुवेत सम्पर्क मञ्चको सातौँ अधिवेशनबाट विष्णु प्रसाद भट्टराई पुनः अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
‘भाषा अनि संस्कृतिमा विविधता, विकास निर्माणमा हाम्रो ऐक्यबद्धता’ भन्ने मूल नारासहित शुक्रबार, २५ सेप्टेम्बरमा कुवेतको खैतानस्थित राजधानी प्यालेस होटलमा अधिवेशन सम्पन्न भएको थियो।

नेपाली राजदूतावास कुवेतकी प्रथम सचिव चण्डिका पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् कुवेतका पदाधिकारी तथा प्रतिनिधि, कुवेतमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी तथा प्रवासी खोटाङवासीको सहभागिता रहेको थियो।
अधिवेशनको औपचारिक कार्यक्रम सुरु हुनुअघि गत भदौ १० गते भोटेकोसीमा आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको चिरशान्तिको कामना गर्दै १०८ दीप प्रज्वलन गरिएको थियो। त्यसपछि एक मिनेट मौनधारण गरी अधिवेशन अघि बढाइएको थियो।
अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले कुवेतमा रहेका खोटाङवासीबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप मजबुत बनाउँदै जिल्लाको भाषा, संस्कृति, कला, पर्यटन, ऐतिहासिक सम्पदा तथा सामाजिक विकासका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ।
पुनः अध्यक्षमा निर्वाचित विष्णु प्रसाद भट्टराईले प्रवासमा रहेका खोटाङवासीलाई थप संगठित गर्दै संस्थालाई प्रभावकारी, समावेशी र सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले खोटाङको पहिचान, भाषा, संस्कृति तथा जिल्लाको विकासका विषयमा आवश्यक पहल र सहकार्यलाई निरन्तरता दिने बताएका छन्।
यस्तो छ नयाँ कार्यसमिति
मानार्थ विशिष्ट सल्लाहकार
रोशन राई
संस्थापक सल्लाहकारहरू
महेन्द्र दुमी राई, रेवती भट्टराई, मन्जित चाम्लिङ राई र अमित चाम्लिङ राई
वरिष्ठ सल्लाहकारहरू
जीतबहादुर खड्का, केदार आलेमगर, मोहन नङछिरिङ राई, उमेश बान्तवा राई, दिनेश श्रेष्ठ र यदुराज राई
सल्लाहकारहरू
प्रेम कटवाल र इन्द्रबहादुर परियार
पदाधिकारीतर्फ
● अध्यक्ष : विष्णु प्रसाद भट्टराई
● वरिष्ठ उपाध्यक्ष : सविन दुमी राई
● उपाध्यक्ष : पर्शुराम घिमिरे (पण्डित), प्रकाश थुलुङ राई, राजन चाम्लिङ राई, गणेश विष्ट र कमला राई
● महिला उपाध्यक्ष : गुणा पुमा राई
● महासचिव : कुमार खड्का
● उपमहासचिव : किसान परियार
● सचिव : मणिराज राई
● कोषाध्यक्ष : दिनेश नङछिरिङ राई
● सह–कोषाध्यक्ष : रामबहादुर थापा मगर, धर्म (सन्तोष) भट्टराई र सुमित्रा चाम्लिङ राई
● सहसचिव : विशाल मिश्र र रचना मगर
विभागीय जिम्मेवारी
● संगठन प्रमुख : रुद्रमान राई
● संगठन उपप्रमुख : सूर्य राना मगर
● प्रवक्ता : युवराज राई
● सहप्रवक्ता : निर्मला राई
● सांस्कृतिक प्रमुख : शान्तिकला मगर
● सांस्कृतिक उपप्रमुख : अरुण चाम्लिङ राई
सदस्यहरू
टिकाराम मुग्राती, दिपेन दाहाल, बमबहादुर खड्का, अञ्चल राई, अनिल राई, कुमारी राई, हरि श्रेष्ठ, शै कुमार राई, प्रेम मुग्राती, कविता बोहोरा, जगत राना मगर, मनोज पुमा राई, अनिल पुमा राई र योगेश राई।
अधिवेशनले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै कुवेतसहित प्रवासमा रहेका सम्पूर्ण खोटाङवासीलाई संस्थाको उद्देश्य र अभियानमा सहकार्य गर्न आह्वान गरेको छ।


