आचार्य’को ट्रेलर सार्वजनिक,एक्सन अवतारमा देखिए निखिल उप्रेती – Sagarmathapana:: Online News Portal

आचार्य’को ट्रेलर सार्वजनिक,एक्सन अवतारमा देखिए निखिल उप्रेती

   २०८३ आश्विन ४ गते  

काठमाडौं।अभिनेता निखिल उप्रेतीको मुख्य भूमिका रहेको आगामी नेपाली चलचित्र ‘आचार्य’को ट्रेलर सार्वजनिक गरिएको छ। शनिबार आयोजित एक कार्यक्रमबीच चलचित्रको करिब साढे तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो।

असोज ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलरमा निखिललाई प्रभावशाली एक्सन अवतारमा प्रस्तुत गरिएको छ। यसअघि सार्वजनिक गरिएको टिजरमा देखाइएको एक्सनलाई ट्रेलरमा थप विस्तार गरिएको छ।

ट्रेलरमा निखिलका विभिन्न एक्सन दृश्यसँगै द्वन्द्व, संघर्ष र कथाको मुख्य घटनाक्रमलाई समेत संकेत गरिएको छ। परिष्कृत एक्सन कोरियोग्राफी र तीव्र गतिका दृश्यले चलचित्रलाई एक्सनप्रधान बनाइएको संकेत गर्छ।

यसअघि ‘भैरव’ चलचित्रमार्फत निर्माण, निर्देशन र अभिनयमा समेत सक्रिय हुँदै एक्सन भूमिकाबाट चर्चा कमाएका निखिलले ‘आचार्य’मा पनि एक्सनलाई प्राथमिकतामा राखेको ट्रेलरबाट देखिन्छ।

चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै निखिलको एक्सनप्रधान भूमिकालाई लिएर दर्शकमाझ चासो बढेको छ। चलचित्र असोज ९ गतेदेखि नेपाली हलमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै