Sparkle Presents Miss & Mrs. Universal Season 5 को सक्सेस पार्टी सम्पन्न
काठमाडौं।स्पार्कल इन्टरटेनमेन्टको आयोजनामा गत भदौ २५ गते सम्पन्न भएको Sparkle Presents Ultima Professional Miss & Mrs. Universal – Season 5 (2026) को ग्रान्ड फिनालेका विजेता तथा सहभागीहरूको सम्मानमा सक्सेस पार्टी तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।
![]()
![]()
कार्यक्रममा प्रतियोगिताका विजेता तथा सहभागीहरूलाई मिस नेपाल उषा खड्गी तथा स्पार्कल इन्टरटेनमेन्टकी प्रमुख कार्यकारी अधिकृत (CEO) नीतु श्रेष्ठले प्रमाणपत्र वितरण गर्नुभएको थियो।
![]()

प्रतियोगितामा बिना लिम्बुले Mrs. Platinum Winner तथा सौर्य सरला श्रेष्ठले Miss Platinum Winner को मुख्य उपाधि जित्नुभएको थियो। ग्रान्ड फिनालेमा उत्कृष्ट प्रदर्शन गरेका विजेता तथा सहभागीहरूलाई उनीहरूको मेहनत, सहभागिता र उपलब्धिको सम्मानस्वरूप प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ


सक्सेस पार्टीमा विशेष अतिथिका रूपमा J&J Group की म्यानेजर हेड उषा थापा,सञ्चारकर्मी प्रविन किराती तथा पवित्र लामा लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा प्रतियोगितासँग सम्बन्धित व्यक्तित्व, निर्णायक, जुरी सदस्य, प्रायोजक, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।


नारी प्रतिभा, आत्मविश्वास तथा व्यक्तित्व विकासलाई प्राथमिकतामा राखेर आयोजना गरिएको प्रतियोगिताको सफलतापछि आयोजित उक्त कार्यक्रमले विजेता तथा सहभागीहरूलाई आगामी यात्राका लागि थप हौसला प्रदान गरेको आयोजकको भनाइ छ।
कार्यक्रम सफल बनाउन विभिन्न संघसंस्था तथा व्यावसायिक प्रतिष्ठानहरूले सहयोग गरेका थिए। काठमाडौंस्थित हिमालयन डिस्टिलरी, जसले Shlok, Kala Patthar तथा Passion Cooler लगायतका उत्पादनहरू बजारमा ल्याउँदै आएको छ, ले समेत कार्यक्रमका लागि सहयोग गरेको आयोजकले जनाएको छ।

स्पार्कल इन्टरटेनमेन्टकी सीईओ नीतु श्रेष्ठले प्रतियोगिताका सम्पूर्ण विजेता तथा सहभागीहरूलाई बधाई दिँदै उनीहरूको आगामी यात्रा सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग,साथ र हौसला प्रदान गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्नुभएको छ।
भव्य रूपमा सम्पन्न सक्सेस पार्टी तथा प्रमाणपत्र वितरण कार्यक्रमले प्रतियोगिताका विजेता र सहभागीहरूको उपलब्धिलाई थप सम्मानित गर्दै उनीहरूमा नयाँ उत्साह र आत्मविश्वास सञ्चार गरेको आयोजकले जनाएको छ।













