नेपाल सांस्कृतिक कला मन्दिरको २५ औं वार्षिकोत्सवको अवसरमा ‘राष्ट्रिय लाखे नाच प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम’ हुँदै – Sagarmathapana:: Online News Portal

नेपाल सांस्कृतिक कला मन्दिरको २५ औं वार्षिकोत्सवको अवसरमा ‘राष्ट्रिय लाखे नाच प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम’ हुँदै

   २०८३ भाद्र २६ गते  

काठमाडौं।नेपाल सांस्कृतिक कला मन्दिरले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर ‘राष्ट्रिय लाखे नाच प्रदर्शनी, सांस्कृतिक तथा सम्मान कार्यक्रम–२०८३’ आयोजना गर्ने भएको छ।

मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट लाखे नाच तथा विविध सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिने आयोजकले जनाएको छ।

कार्यक्रम आगामी २०८३ असोज ३ र ४ गते काठमाडौंको चन्द्रागिरि नगरपालिका–९, मच्छेगाउँस्थित भलिबल ग्राउण्डमा सञ्चालन हुनेछ।

दुईदिने कार्यक्रममा राष्ट्रिय लाखे नाच प्रदर्शनीसँगै विभिन्न सांस्कृतिक प्रस्तुति आयोजना गरिनेछ। साथै, मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वलाई सम्मानसमेत गरिने आयोजकले जनाएको छ।

लोपोन्मुख अवस्थामा रहेका मौलिक सांस्कृतिक परम्पराको संरक्षण गर्दै नयाँ पुस्तासम्म यसको महत्व र पहिचान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको नेपाल सांस्कृतिक कला मन्दिरले जनाएको छ।

आयोजकले नेपाली मौलिक कला, संस्कृति र परम्पराप्रति चासो राख्ने सम्पूर्ण व्यक्ति तथा समुदायलाई कार्यक्रममा उपस्थित भई गरिमामय सहभागिता जनाउन आग्रह गरेको छ।

निराज रानाभाट

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै