कोशी प्राइड लिगको टिम स्वामित्वका लागि बोलपत्र आह्वान – Sagarmathapana:: Online News Portal

कोशी प्राइड लिगको टिम स्वामित्वका लागि बोलपत्र आह्वान

   २०८३ भाद्र २१ गते  

काठमाडौं।कोशी प्राइड लिग (KPL) ले टिम स्वामित्व तथा फ्रेन्चाइज अधिकारका लागि बोलपत्र आह्वान गरेको छ। KPL आयोजक K.P.L. Group Pvt. Ltd. ले योग्य कम्पनी, व्यवसायिक समूह तथा संघसंस्थालाई प्रतिस्पर्धात्मक प्रक्रियामार्फत टिम स्वामित्व लिन आवेदन दिन आह्वान गरेको हो।

इच्छुक आवेदकले अनलाइनमार्फत आवेदन तथा बोलपत्र प्रक्रिया पूरा गर्नुपर्नेछ। बोलपत्र बुझाउने अन्तिम मिति १४ सेप्टेम्बर २०२६ राति ११ः५९ बजे तोकिएको छ।

कोशी प्राइड लिगमा पाँच वर्षे फ्रेन्चाइज स्वामित्वको अवसर, बोलपत्र आह्वान

आयोजकले बोलपत्र पेश गर्नु वा शुल्क भुक्तानी गर्नु मात्रले टोली प्राप्त हुने ग्यारेन्टी नहुने स्पष्ट पारेको छ। प्राप्त बोलपत्रको मूल्यांकनपछि टोली मालिकको अन्तिम छनोट तथा टोली बाँडफाँट KPL बोर्डले गर्नेछ।

KPL का अनुसार फ्रेन्चाइज स्वामित्वको अवसरले व्यवसायिक समूह तथा ब्रान्डलाई क्रिकेटसँग प्रत्यक्ष रूपमा जोडिनुका साथै खेलकुद क्षेत्रमा दीर्घकालीन लगानी र ब्रान्ड विस्तारको अवसर प्रदान गर्नेछ।

कोशी प्रदेशमा क्रिकेटको विकास तथा ग्रासरुट कार्यक्रमलाई मजबुत बनाउने उद्देश्यले आयोजना हुँदै आएको KPL ले यसअघि सिजन १ र सिजन २ सफलतापूर्वक सम्पन्न गरिसकेको छ। साथै, लिगले हालै KPL कपसमेत आयोजना गरेको थियो।

इच्छुक कम्पनी, व्यवसायिक समूह तथा संस्थाले आवेदन र बोलपत्रसम्बन्धी विस्तृत जानकारी KPL को आधिकारिक वेबसाइट web.kplt20.org मार्फत प्राप्त गर्न सक्नेछन्। थप जानकारीका लागि [email protected] मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै