भोटेकोशी बाढीपछि खोज तथा उद्धारबारे नेपाल–कोरिया परराष्ट्रमन्त्रीबीच छलफल – Sagarmathapana:: Online News Portal

भोटेकोशी बाढीपछि खोज तथा उद्धारबारे नेपाल–कोरिया परराष्ट्रमन्त्रीबीच छलफल

   २०८३ भाद्र २१ गते  

काठमाडौं।परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यबारे छलफल भएको छ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको द्विपक्षीय भेटवार्तामा गत अगस्ट २६ मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका कोरियाली नागरिकको खोज तथा उद्धारका विषयमा गम्भीर छलफल भएको परराष्ट्रमन्त्री खनालको सचिवालयले जनाएको छ।

भेटमा मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि अन्तरनिकाय द्रुत प्रतिकार्य टोली तथा कोरिया डिजास्टर रिलिफ टिम परिचालन गरी सहयोग गरेकोमा कोरिया सरकारप्रति आभार व्यक्त गरे।

कोरियाका परराष्ट्रमन्त्री छो ह्युनले नेपालमा विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाका प्रयासमा आफ्नो सरकार आवश्यक सहयोग गर्न इच्छुक रहेको बताएका छन्।

भेटवार्तामा नेपाल–कोरिया द्विपक्षीय सम्बन्धका विविध विषयमा समेत छलफल भएको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै