देवघाटमा भोटेकोशी बाढीपछि भेटिएका १०३ बेवारिसे शव व्यवस्थापन – Sagarmathapana:: Online News Portal

देवघाटमा भोटेकोशी बाढीपछि भेटिएका १०३ बेवारिसे शव व्यवस्थापन

   २०८३ भाद्र १५ गते  

काठमाडौं।भोटेकोशी बाढीपछि नारायणी नदीमा भेटिएका पहिचान खुल्न नसकेका १०३ शव देवघाटको जंगल क्षेत्रमा व्यवस्थापन गरिएको छ।

पहिचान हुन नसकेका शवबाट डीएनए नमुना सुरक्षित राखेर व्यवस्थापन गरिएको जनाइएको छ। भविष्यमा डीएनए परीक्षणबाट शवको पहिचान खुलेमा पुनः निकालेर सम्बन्धित परिवारलाई बुझाउन सकिने व्यवस्था गरिएको बताइएको छ।

बाढीपछि नारायणी नदीमा विभिन्न स्थानबाट शव भेटिए पनि तत्काल पहिचान खुल्न नसकेका कारण डीएनए नमुना सुरक्षित राखेर अन्तिम व्यवस्थापन गरिएको हो।

सम्बन्धित निकायले शवको पहिचानका लागि सुरक्षित राखिएको डीएनए नमुनालाई भविष्यमा परिवारका सदस्यको डीएनएसँग परीक्षण गरी पहिचान गर्न सकिने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै