खोटाङका शिक्षक भानुभक्त राईको हत्या आरोपमा ११ जना पक्राउ – Sagarmathapana:: Online News Portal

खोटाङका शिक्षक भानुभक्त राईको हत्या आरोपमा ११ जना पक्राउ

   २०८३ भाद्र १५ गते  

भोजपुर।खोटाङको केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईको कुटपिटबाट मृत्यु भएको घटनामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

जनैपूर्णिमा तथा ऋषितर्पणीका अवसरमा भोजपुरको सालपापोखरी क्षेत्रमा लागेको मेलामा सहभागी हुन बिहीबार त्यसतर्फ पुगेका राईको सोही राति करिब १२ बजेतिर कुटपिट भएको थियो। गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै हत्या आरोपमा ११ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको नाम जिल्ला प्रहरी कार्यालय भोजपुरले सार्वजनिक गरेको छ।

घटनाको थप अनुसन्धान तथा पक्राउ परेकाहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनास्थलमा थप सुरक्षा व्यवस्था मिलाउँदै प्रहरी परिचालन गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै