चर्चित गायिका बबिना किराती र गोविन्द लिम्बूको स्वरमा ‘रानी बनैमा’ सार्वजनिक – Sagarmathapana:: Online News Portal

चर्चित गायिका बबिना किराती र गोविन्द लिम्बूको स्वरमा ‘रानी बनैमा’ सार्वजनिक

   २०८३ भाद्र १२ गते  



काठमाडौं।चर्चित गायिका बबिना किराती र गायक–संगीतकार गोविन्द लिम्बूको स्वरमा नयाँ रोमान्टिक गीत ‘रानी बनैमा’ सार्वजनिक भएको छ । ‘गोठाले कान्छा’ बोलको गीतले गाउँघरको मौलिक परिवेशमा युवायुवतीबीचको प्रेम, आकर्षण र मायालु संवादलाई रमाइलो शैलीमा प्रस्तुत गरेको छ ।


‘गोठाले कान्छाले ज्यान गोठै सार्‍यो, तिनधारे घुम्ती दिनको बाटो छिनमै मेरै निम्तिमा…’ तथा ‘रानी बनैमा-रानी बनैमा,चिरबिर चिरबिर चरी करायो पारी पाखैमा’ जस्ता प्रेमिल शब्दले गीतमा प्रेमको मिठास थपेका छन् । त्यस्तै ‘गाउँभरी हल्ला भो, जाऊँ कि नजाऊँ सोल्टीज्यू’ जस्ता रमाइला प्रसंगले गीतलाई अझ रोचक बनाएको छ ।

गीतमा प्रदीप लामा र खुसी कार्कीले अभिनय गरेका छन् । गीतका शब्द तथा संगीत गोविन्द लिम्बूको रहेको छ भने स्वरमा बबिना किराती र गोविन्द लिम्बूले साथ दिएका छन् । सहायक स्वरमा साहिल लिम्बू, दिपा लामा र अप्सु योगी रहेका छन् ।

गीतको एरेन्जमेन्ट तथा मिक्सिङ/मास्टरिङ देवेश राईले गरेका छन् । गीत सेवा स्टुडियोमा रेकर्ड गरिएको हो।

भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रदीप लामाले गरेका छन् । शृजन रावलले सहायक कोरियोग्राफरका रूपमा काम गरेका छन् भने पवन दाहालले सिनेमाटोग्राफी सम्हालेका छन्।भिडियोमा ढाका लगायतका मौलिक नेपाली पहिरनको प्रयोग गरिएको छ ।

व्यवस्थापन विष्णु बुढाथोकीले गरेका छन् भने MUA /हेयर सरिता प्रजापतिको रहेको छ ।

प्रेम, रोमान्स र नेपाली गाउँघरको मौलिक स्वादलाई संयोजन गरिएको ‘रानी बनैमा’को भिडियोले युवापुस्ताको प्रेमभावलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरेको छ । मौलिक शब्द, आकर्षक संगीत र रोमान्टिक कथावस्तुका कारण गीतले दर्शक तथा संगीतप्रेमीको ध्यान खिच्ने अपेक्षा गरिएको छ।

Video link:

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै