परराष्ट्रमन्त्री खनाल र साउदी राजदूतबीच भेटवार्ता, श्रमिक सुरक्षा र सहकार्यमा जोड – Sagarmathapana:: Online News Portal

परराष्ट्रमन्त्री खनाल र साउदी राजदूतबीच भेटवार्ता, श्रमिक सुरक्षा र सहकार्यमा जोड

   २०८३ भाद्र ५ गते  

काठमाडौं।परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मोनैखिरबीच भेटवार्ता भएको छ।

कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठका अवसरमा परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–साउदी द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, नेपाली श्रमिकको सुरक्षा तथा कल्याण, लगानी, पर्यटन र हवाई सम्पर्कलगायत विषयमा छलफल भएको हो।


भेटका क्रममा मन्त्री खनालले साउदी अरबमा कार्यरत नेपाली श्रमिकको सुरक्षा, उचित पारिश्रमिक तथा मृतक नेपाली नागरिकको शव नेपाल फिर्ता ल्याउन साउदी सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले केही नेपाली श्रमिकले भोगिरहेका पारिश्रमिकसम्बन्धी समस्या समाधानका लागि समेत साउदी पक्षको ध्यानाकर्षण गराए।

दुवै पक्षले सन् १९७७ मा स्थापित नेपाल–साउदी सम्बन्धलाई थप परिणाममुखी साझेदारीमा रूपान्तरण गर्दै उच्चस्तरीय संवाद र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै