बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ – Sagarmathapana:: Online News Portal

बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ

   २०८३ भाद्र ५ गते  

काठमाडौं।बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गर्दै ६ जना नयाँ मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्।

विस्तारअनुसार नेकपा एमालेबाट भरत केसी भौतिक पूर्वाधार तथा ज्ञानबहादुर तामाङ बिनाविभागीय मन्त्री बनेका छन्। तामाङलाई मन्त्रालयको जिम्मेवारी पछि तोकिने जनाइएको छ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका छन्। नेकपाको भागमा परेको अर्को मन्त्रालयमा भने पछि मन्त्री नियुक्त गरिने बताइएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजु विष्ट खानेपानी, ऊर्जा तथा सिँचाइ, गिरबहादुर तामाङ स्वास्थ्य तथा सामाजिक र राजेन्द्र प्रजापति उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बनेका छन्।

कूल आठ मन्त्रालय रहेको बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारपछि पनि कृषि तथा आन्तरिक मामिला मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै