दिदीभाइको कथामा बनेको ‘पार्वती’को ट्रेलर सार्वजनिक
काठमाडौँ।भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहीबार कार्यक्रम आयोजना गर्दै फिल्मको करिब ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो।
ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलरमा मुख्य कलाकार नीता ढुङ्गाना र अशोक दर्जीबीचको दिदीभाइको भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ।
![]()

फिल्ममा अटिजम भएकी दिदी र उनको भाइबीचको माया, संघर्ष तथा भाइको दिदीप्रतिको कारुणिक भावनालाई केन्द्रमा राखिएको देखिन्छ। ट्रेलरले फिल्म भावनात्मक कथावस्तुमा आधारित रहेको संकेत गरेको छ।
‘पार्वती’ भदौ १२ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।












