नेपाल आए बलिउड गायक नवजोत आहुजा, बुधबार काठमाडौंमा विशेष प्रस्तुति – Sagarmathapana:: Online News Portal

नेपाल आए बलिउड गायक नवजोत आहुजा, बुधबार काठमाडौंमा विशेष प्रस्तुति

   २०८३ भाद्र २ गते  


काठमाडौं।बलिउडका चर्चित गायक नवजोत आहुजा पहिलोपटक नेपाल आएका छन्। उनी मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन्।

ठमेलस्थित क्लब नोभाको पहिलो वार्षिकोत्सवका अवसरमा बुधबार आयोजना हुने सांगीतिक कार्यक्रममा प्रस्तुति दिन आहुजा नेपाल आएका हुन्। उनले ‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ लगायत आफ्ना चर्चित गीत प्रस्तुत गर्नेछन्।


आहुजाको ‘खत’ एल्बममा समावेश ‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ चर्चित गीतमध्ये एक हो। उनका ‘तू ही हूँ’, ‘खुद से मोहब्बत’, ‘इंतज़ार’, ‘मेरे हो तुम’ र ‘चले गए’ लगायत गीत पनि लोकप्रिय छन्।

नेपाल आएपछि सञ्चारकर्मीसँग कुरा गर्दै आहुजाले नेपाली दर्शकमाझ प्रस्तुति दिन आफू उत्साहित रहेको बताए। उनले नेपाल, नेपाली संस्कार र संस्कृति आफूलाई मन परेको उल्लेख गरे।

नेपाली संगीतप्रति समेत रुचि रहेको बताउँदै उनले नेपाली गीत सुन्ने गरेको र कुनै नेपाली संगीतकारले गीत गाउन प्रस्ताव गरे आफू तयार रहेको बताए।

तीन दिन नेपाल बस्ने आहुजाले यस अवधिमा काठमाडौंका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गर्ने कार्यक्रमसमेत रहेको छ।

क्लब नोभाको पहिलो वार्षिकोत्सव कार्यक्रम बुधबार राति ९ बजे सुरु हुनेछ। क्लबका संस्थापक विशाल तुलाचनका अनुसार कार्यक्रममा करिब ९० प्रतिशत आमन्त्रित पाहुना र १० प्रतिशतका लागि मात्र टिकटको व्यवस्था गरिएको छ।

वार्षिकोत्सवमा मुख्य आकर्षणका रूपमा गायक आहुजाको एकल प्रस्तुति रहनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै