त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवतरणमा ‘रेकर्ड ब्रेक’
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवतरणमा ‘रेकर्ड ब्रेक’ हुने भएको छ ।
खराब मौसमका कारण पछिल्लो तीन दिनदेखि अवरोध भएको आन्तरिक र अन्तर्राष्ट्रिय उडानको चापका कारण आइतबार एकैदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२६ उडान तथा अवतरण तय भएका छन् ।
हालसम्म तय भएका उडान र अवतरण गरेरै आन्तरिकमा ३१२ वटा उडान तालिका छन् भने अन्तर्राष्ट्रियमा पनि ५७ वटा उडान र ५८ वटा अवतरणको तालिका रहेको उनले सागरमाथा पाना लाई जानकारी दिए । अविरल वर्षाका कारण खराब मौसम हुँदा पछिल्लो तीन दिनदेखि हुन नसकेको र रोकिएका उडानका कारण आइततबार उडानमा चाप परेको शेर्पाले बताए।














