ब्रड पिकको हिमपहिरोमा ज्यान गुमाएका किली पेमा शेर्पाको काठमाडौंमा अन्त्येष्टि – Sagarmathapana:: Online News Portal

ब्रड पिकको हिमपहिरोमा ज्यान गुमाएका किली पेमा शेर्पाको काठमाडौंमा अन्त्येष्टि

   २०८३ श्रावण ३० गते  

काठमाडौं।पाकिस्तानको काराकोरम क्षेत्रमा रहेको ८ हजार ४७ मिटर अग्लो ब्रड पिकमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका गिनिज वर्ल्ड रेकर्डधारी नेपाली पर्वतारोही किली पेमा शेर्पाको शुक्रबार काठमाडौंमा अन्त्येष्टि गरिएको छ।

गत जुलाई ३० मा ब्रड पिकमा गएको भीषण हिमपहिरोमा परी शेर्पासहित नेपाली तथा विदेशी पर्वतारोहीको ज्यान गएको थियो। शेर्पाको पार्थिव शरीर मंगलबार काठमाडौं ल्याइएको थियो। 


किली पेमा शेर्पासँगै ज्यान गुमाएका ग्यालु शेर्पा र निमा शेर्पाको पनि काठमाडौंमा बौद्ध परम्पराअनुसार अन्तिम संस्कार गरिएको थियो। उनीहरूको पार्थिव शरीर पाकिस्तानबाट मंगलबार काठमाडौं ल्याइएको थियो। 

ब्रड पिक हिमपहिरोमा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ ‘युकता’को पार्थिव शरीर भने यसअघि नै काठमाडौं ल्याई अन्त्येष्टि गरिएको थियो। उनी IFMGA प्रमाणित पर्वतीय गाइडसमेत थिए।

किली पेमा शेर्पाको अन्त्येष्टिसँगै ब्रड पिक हिमपहिरोमा ज्यान गुमाएका नेपालबाट फेला परेका पर्वतारोहीहरूको पार्थिव शरीरलाई नेपालमा अन्तिम संस्कार गर्ने प्रक्रिया पूरा भएको छ। 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै