कन्सुलर प्रमाणीकरण अब अनलाइनबाट,‘नेपाल ई–प्रमाणीकरण प्रणाली’ सुरु
काठमाडौं।परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले कन्सुलर प्रमाणीकरणलाई सहज, छिटो र प्रविधिमैत्री बनाउन ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’ सञ्चालनमा ल्याएको छ।
बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले प्रणालीको शुभारम्भ गर्दै अब शैक्षिक प्रमाणपत्र, सिफारिस पत्र तथा अन्य सरकारी कागजातको कन्सुलर प्रमाणीकरणका लागि अनलाइनबाटै आवेदन दिन सकिने जानकारी दिए।


उनका अनुसार आवेदन स्वीकृत भएपछि मात्र विभागमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ, जसले सेवाग्राहीको समय, खर्च र झन्झट घटाउनेछ। विभागले नयाँ प्रणालीले सेवा प्रवाहलाई थप पारदर्शी, प्रभावकारी र सेवामैत्री बनाउने विश्वास व्यक्त गरेको छ।














