NATTA निर्वाचनमा ‘टिम जिस्वान’ सार्वजनिक, समृद्ध पर्यटन र व्यवसायीको हितमा प्रतिबद्धता – Sagarmathapana:: Online News Portal

NATTA निर्वाचनमा ‘टिम जिस्वान’ सार्वजनिक, समृद्ध पर्यटन र व्यवसायीको हितमा प्रतिबद्धता

   २०८३ श्रावण २१ गते  

काठमाडौं।नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATTA) को २०२६–२०२८ कार्यकालका लागि अध्यक्ष पदकी उम्मेदवार जिस्वान तुलाधर श्रेष्ठ नेतृत्वको ‘टिम जिस्वान’ ले आफ्नो उम्मेदवार टोली सार्वजनिक गरेको छ।

‘सदस्यको विश्वास, एकताबद्ध NATTA, समृद्ध पर्यटन व्यवसाय’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएको टोलीले पर्यटन क्षेत्रको विकास, व्यवसायीको हकहित संरक्षण तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।


टोलीमा वरिष्ठ उपाध्यक्षमा प्रकाश थापा, उपाध्यक्षमा प्रज्ञा पाठक शर्मा, महासचिवमा सुशील पन्त, सचिवमा रमेश घिमिरे, कोषाध्यक्षमा कृष्णप्रसाद ढकाल तथा सह–कोषाध्यक्षमा डा. बिमला दाहाल उम्मेदवार रहेका छन्।

यस्तै कार्यसमिति सदस्यमा त्रिलोचन न्यौपाने, अनु अधिकारी (राउत), सुदर्शन गजुरेल, दिनेश घिमिरे, रोमन सापकोटा, अशोककुमार बानियाँ, जमुना पाण्डे (उपाध्याय) र रोजिना रञ्जित उम्मेदवार रहेका छन्।

टिम जिस्वानले सदस्यहरूको विश्वास जित्दै NATTA लाई अझ प्रभावकारी, एकताबद्ध र पर्यटन व्यवसायको साझा संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया सबै