आज पाँच संसदीय समितिको बैठक, विधेयकदेखि मन्त्रालयको कार्ययोजनासम्म छलफल – Sagarmathapana:: Online News Portal

आज पाँच संसदीय समितिको बैठक, विधेयकदेखि मन्त्रालयको कार्ययोजनासम्म छलफल

   २०८३ श्रावण २१ गते  

काठमाडौं ।सङ्घीय संसद्अन्तर्गत आज विभिन्न पाँच संसदीय समितिको बैठक बस्दै छन्। सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन समितिको बैठक आजका लागि तय गरिएको हो।


बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल हुनेछ। सोही समयमा बस्ने महिला तथा सामाजिक मामिला समितिमा मुस्लिम आयोगको कामको प्रगति विवरणबारे छलफल गरिने कार्यसूची रहेको छ।

बिहान १० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सम्बन्धित मन्त्रालयको वर्तमान अवस्था, समसामयिक चुनौती तथा आगामी कार्ययोजनामाथि छलफल हुनेछ।

यस्तै, अपराह्न १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल गरिनेछ। साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कारागार कार्यालयको स्थलगत अनुगमन प्रतिवेदन पनि बैठकमा प्रस्तुत हुने कार्यसूची छ।

अपराह्न २:३० बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन समितिको बैठकमा समसामयिक राष्ट्रिय विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ। 



फेसबुकबाट तपाईको प्रतिक्रिया सबै