प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान,आज साढे ११ बजे सिंहदरबारमा बस्दै – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान,आज साढे ११ बजे सिंहदरबारमा बस्दै

   २०८३ श्रावण २० गते  

काठमाडौं।प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बुधबार बिहान ११:३० बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारका प्राथमिकता, विभिन्न मन्त्रालयका नियमित एजेन्डा तथा आवश्यक नीतिगत निर्णयबारे छलफल हुने अपेक्षा गरिएको छ। बैठकका निर्णय सार्वजनिक भएपछि थप विवरण आउने जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै