भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीलाई सरकारको अन्तिम आह्वान, ३५ दिनभित्र निवेदन दिनुपर्ने – Sagarmathapana:: Online News Portal

भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीलाई सरकारको अन्तिम आह्वान, ३५ दिनभित्र निवेदन दिनुपर्ने

   २०८३ श्रावण ४ गते  

काठमाडौं- सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने र बसोबास व्यवस्थापन गर्ने उद्देश्यले अन्तिमपटक निवेदन आह्वान गरेको छ।

राष्ट्रिय भूमि आयोगअन्तर्गतको भूमि समस्या समाधान समितिले जारी गरेको सूचनाअनुसार सम्बन्धित स्थानीय तहका योग्य लाभग्राहीले समितिले तोकेको ढाँचाअनुसारको निवेदन फाराम भरी साउन ४ गतेदेखि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। 

निवेदन सम्बन्धित स्थानीय तहले वडा तहमा तोकेका स्थानमा खटिएका लगत संकलकमार्फत बुझाउनुपर्नेछ। तोकिएको समयभित्र आवश्यक कागजातसहित आवेदन दिन आयोगले आग्रह गरेको छ। 

सरकारले यो प्रक्रियामार्फत वास्तविक भूमिहीन दलित र सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा वर्षौंदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका नागरिकको बसोबासलाई कानुनी रूपमा व्यवस्थापन गर्ने लक्ष्य राखेको जनाएको छ। 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै