मुलकोट गढीमा पृथ्वीनारायण शाहको सालिकसहित स्मारक निर्माण,स्थानीय निकायलाई हस्तान्तरण
भक्तपुर।नेपाली सेनाको रणशेर गणले शीघ्र प्रभावी आयोजना (QIPs) अन्तर्गत भक्तपुरको चाँगुनारायण नगरपालिका–५ स्थित ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको मुलकोट गढीमा राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिकसहितको स्मारक निर्माण सम्पन्न गरेको छ।
निर्माण सम्पन्न भएपछि उक्त स्मारक सम्बन्धित स्थानीय निकायलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाका अनुसार यस आयोजनाले मुलकोट गढीको ऐतिहासिक पहिचान संरक्षण, सांस्कृतिक सम्पदाको प्रवर्द्धन तथा आन्तरिक पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। साथै स्थानीय समुदायमा राष्ट्रिय इतिहास र सम्पदाप्रति थप जागरूकता अभिवृद्धि हुने विश्वास गरिएको छ।












