हङकङबाट मिस नेपाल २०२६ मा दीपमालाको प्रतिस्पर्धा,प्रवासी नेपालीसँग साथको अपिल – Sagarmathapana:: Online News Portal

हङकङबाट मिस नेपाल २०२६ मा दीपमालाको प्रतिस्पर्धा,प्रवासी नेपालीसँग साथको अपिल

   २०८३ श्रावण १ गते  

काठमाडौं।हङकङमा जन्मिएर हुर्किएकी नेपाली मूलकी दीपमाला खरेल ढकाल मिस नेपाल २०२६ प्रतियोगितामा हङकङको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रिएकी छन्। यसअघि मिस नेपाल हङकङ इन्टरनेशनल को उपाधि जितेपछि उनले राष्ट्रिय प्रतियोगितामा प्रवेशको अवसर पाएकी हुन्।

दीपमालाले प्रवासमा रहेर पनि नेपाली पहिचान, संस्कृति र समुदायलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने लक्ष्यसहित मिस नेपालको यात्रा सुरु गरेको बताएकी छन्। हङकङमा बसोबास गर्ने ३० हजारभन्दा बढी नेपाली समुदायको प्रतिनिधित्व गर्ने जिम्मेवारी महसुस गर्दै उनले विश्वभर रहेका नेपालीलाई आफ्नो पक्षमा मतदान गरी साथ दिन आग्रह गरेकी छन्।

सामाजिक सञ्जालमार्फत उनले नेपाल, हङकङ, बेलायत, अमेरिका, अष्ट्रेलिया, जापानलगायत जहाँसुकै रहेका नेपालीलाई एउटै पहिचानका साथ आफ्नो यात्रामा साथ दिन अपिल गरेकी छन्। प्रतियोगितामा दर्शकको भोट पनि महत्वपूर्ण रहने भएकाले प्रवासी नेपाली समुदायमा उनलाई समर्थन गर्ने अभियान तीव्र बन्दै गएको छ।

Screenshot

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै