हङकङमा लडेर पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको दायाँ हात भाँचियो – Sagarmathapana:: Online News Portal

हङकङमा लडेर पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको दायाँ हात भाँचियो

   २०८३ श्रावण १ गते  

काठमाडौं।नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा बाथरुममा लडेर घाइते भएका छन्। केही दिनअघि भएको उक्त दुर्घटनामा उनको दायाँ हात भाँचिएको देउवानिकट स्रोतले जनाएको छ।

स्रोतका अनुसार देउवाको स्थानीय अस्पतालमा उपचार गरिएको छ र उपचारपछि उनी डिस्चार्ज भइसकेका छन्। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। 

देउवा नियमित स्वास्थ्य परीक्षणका लागि यसअघि सिंगापुर पुगेका थिए। त्यहाँको उपचारपछि थप स्वास्थ्य उपचार तथा पारिवारिक कार्यक्रममा सहभागी हुन उनी ७ चैत २०८२ मा हङकङ पुगेका थिए। 

पछिल्लो समय हङकङमा बस्दै आएका देउवा पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग सार्वजनिक रूपमा देखिने गरेका छन्। सामाजिक सञ्जालमा उनीहरू सँगै हिँडिरहेका भिडियोहरू पनि सार्वजनिक हुँदै आएका छन्। 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै