रङ फेरेर होइन, नेतृत्वशैली फेरेर परिवर्तन देखाऊ’— रक्ष बमको सरकारलाई कटाक्ष – Sagarmathapana:: Online News Portal

रङ फेरेर होइन, नेतृत्वशैली फेरेर परिवर्तन देखाऊ’— रक्ष बमको सरकारलाई कटाक्ष

   २०८३ असार २१ गते  

काठमाडौं।जेन–जेड अभियन्ता रक्ष बमले सरकारले सार्वजनिक यातायातको हरियो रङलाई निलो बनाउने निर्णयलाई लक्षित गर्दै नेतृत्वशैली परिवर्तन नगरी केवल बाहिरी स्वरूप फेरिएको भन्दै आलोचना गरेका छन्। यो विषय पछिल्ला दिनमा सार्वजनिक बहसको विषय बनेको छ।  

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बमले भने, “सरकारले ‘हरियो’ रङमाथि ‘निलो’ रङ पोत्नुलाई मात्र परिवर्तन भनिरहेको हो भने त ठिकै छ। होइन भने, यस्ता पात्र मात्र फेरिने तर नेतृत्वशैली नफेरिने परिवर्तन हामीले खोजेका होइनौँ।”  

सरकारले महिलाको सुरक्षित आवागमनका लागि ‘ब्लू बस’ सञ्चालन गर्ने योजना अघि सारेसँगै बसको रङ परिवर्तनलाई लिएर विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रबाट समर्थन र आलोचना दुवै भइरहेको छ। आलोचकहरूले वास्तविक सुधारका लागि रङभन्दा नीति, सोच र कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताएका छन्। 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै