आईजीपी अमेरिका प्रस्थान, एआईजी राजन अधिकारीलाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी – Sagarmathapana:: Online News Portal

आईजीपी अमेरिका प्रस्थान, एआईजी राजन अधिकारीलाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी

   २०८३ असार २१ गते  

काठमाडौं।नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की संयुक्त राष्ट्र संघ (यूएन) तथा इन्टरपोलसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन आज अमेरिका प्रस्थान गर्ने भएका छन्।

आईजीपी कार्की विदेश भ्रमणमा रहने अवधिमा नेपाल प्रहरीको नियमित प्रशासनिक तथा संगठनात्मक कामकाज सञ्चालनका लागि अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीलाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अभि नारायण काफ्लेका अनुसार आईजीपी कार्कीले एआईजी अधिकारीलाई निमित्तको जिम्मेवारी तोकेका हुन्।

आईजीपी कार्की आज साँझ ६ बजे कतार एयरवेजको उडान QR647 मार्फत दोहा हुँदै अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उनले संयुक्त राष्ट्र संघ र इन्टरपोलसँग सम्बन्धित विभिन्न कार्यक्रममा नेपालको तर्फबाट सहभागिता जनाउने जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै