पत्रकार महासंघको राष्ट्रिय सम्मेलन शुभारम्भ – Sagarmathapana:: Online News Portal

पत्रकार महासंघको राष्ट्रिय सम्मेलन शुभारम्भ

   २०८३ असार २१ गते  

काठमाडौं। नेपाल पत्रकार महासंघको आयोजनामा बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता, सञ्चार कानुन र जिम्मेवार पत्रकारिताका विषयमा छलफल गर्न राष्ट्रिय सम्मेलन सुरु भएको छ।

काठमाडौंको जावलाखेलस्थित स्टाफ कलेज (पृथ्वी हल)मा आइतबार बिहान ७:३० बजेदेखि सुरु भएको सम्मेलनको उद्घाटन सूचना तथा सञ्चार प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले प्रमुख अतिथिका रूपमा गरेका छन्।

सम्मेलनमा महासंघका प्रदेश अध्यक्ष, केन्द्रीय पदाधिकारी, जिल्ला तथा प्रतिष्ठान र एसोसिएट संस्थाका अध्यक्षहरू तथा सञ्चार क्षेत्रका सरोकारवालाको सहभागिता रहेको छ। कार्यक्रममा प्रेस स्वतन्त्रताको वर्तमान अवस्था, सञ्चारसम्बन्धी कानुन र जिम्मेवार पत्रकारिताका विषयमा छलफल हुने आयोजकले जनाएको छ।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सम्मेलनले पत्रकारिता क्षेत्रका समसामयिक चुनौती र समाधानका उपायबारे साझा निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरेकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै